मध्यविन्दुका तीन खोलाको डाइभर्सन बाढीले बगायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


१५ असार २०७९, बुधबार
daivarsan

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएपछि दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ ।

नवलपुरको मध्यविन्दु-१० मा रहेको ठूलो खहरे, सानो खहरे र विनयी त्रिवेणीको जमुने खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको स्थानीय वडाध्यक्ष अध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

उनका असार अहिले सडक खुलाउने प्रयास जारी छ । तर अविरल वर्षाका कारण काम गर्न असहज भएको उनले बताए । ‘चिनियाँहरू मेशिनसहित पुगेको छ । बाढी ठूलो छ । पानी निरन्तर परिरहेको छ । काम गर्न असज छ । तर सडक खुलाउने प्रयास जारी छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७