युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा रुसको आक्रमण, १८ जनाको मृत्यु


१५ असार २०७९, बुधबार
Russia Ukrine War oCb8JZVkDI

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक औद्योगिक क्षेत्रमा सोमबार रुसले ख-२२ (रसियन : एक्स-२२) नामक क्षेप्यास्त्र प्रहार गरेको थियो । आक्रमणमा परेका अरु ३६ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजी भइरहेको छ ।

‘घटनामा परी घाइते भएकामध्ये २५ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गराइएको छ’, एक सरकारी अधिकारीले भने । स्थानीय अधिकारीले आक्रमणका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको जानकारी दिएका छन् ।
आक्रमण भएका बेला झण्डै एक हजार मानिस घटनास्थलमा रहेका थिए । घटनामा परी हताहती भएकाहरूको यकिन भइसकेको छैन । जर्मनीमा जी-७ शिखर सम्मेलन चलिरहेको र त्यसको मुख्य एजेण्डा युक्रेनमाथि भएको आक्रमणलाई बनाइरहेका बेला रुसले अर्को निर्मम आक्रमण गरेको हो ।

गत फेब्रअरी २४ देखि सुरु भएको आक्रमण अहिलेसम्म पनि जारी छ । रुस-युक्रेन युद्ध अन्त्यका लागि सुरुमा दुई पक्षीय वार्ता भए पनि अहिले वार्ता पनि रोकिएको छ । बाह्य तथा अन्तर्राष्ट्रिय दबाब भइरहे पनि रुस र युक्रेन दुवै आ-आफ्नो अडानमा रहेकाले युद्ध तत्काल रोकिने कुनै सङ्केत देखिएको छैन ।

निरन्तरको युद्धका कारण युद्धमा प्रत्यक्ष संलग्न दुवै देशसँगै विश्वलाई नै धेरै क्षति भएको छ । मानवीय, राजनीतिक र आर्थिक असर बढी देखिएको छ । रासस/एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७