लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा


१५ असार २०७९, बुधबार

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसिएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन् । एकराजकी श्रीमती र छोरीमाथि अभद्र व्यवहार गरेको प्रकरणमा वलीमाथि छानबिन गर्न समित समेत गठन भएको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य रहेका विमलाका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ को (ख) मा उपनिर्वाचन विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी वलीले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा विभाजित हुँदा नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७