एमालेमा बीउ छरेका छौं भनेका प्रचण्डलाई घनश्यामको जवाफ : तपाईको बीउ उम्रिदैन


१५ असार २०७९, बुधबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको दाबीप्रति असहमति जनाउँदै जवाफ दिएका छन् ।

वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने माओवादी अध्यक्ष प्रचण्डलाई जवाफ दिएका हुन् ।

भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नु भएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नु भएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ती हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’ भुसालले फेरि पनि नेकपा एकता गर्ने प्रण समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७