१३ कम्पनीविरुद्ध कर छलीको मुद्दा, ४४ करोड जरिवाना र सजाय माग


१५ असार २०७९, बुधबार
rajaswa anusandhan

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विभिन्न १३ कम्पनीविरुद्ध करोडौँ जरिवाना र सजाय माग गर्दै मुद्दा दायर गरेको छ । व्यापार व्यवसाय गर्ने कम्पनीहरुले राजस्व छलेको भन्दै विभागले मंगलबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको हो ।

विभागले पशुपति रोड क्यारियर्स, न्यु मनकामना सप्लायर्स, अरुण क्लोथ सपलगायतविरुद्ध ४४ करोड ३८ लाख ९३ हजार ४०६ रुपैयाँ जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

यी कम्पनीबाट २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ बिगो असुल हुन बाँकी रहेको र जरिवानाबापत २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ गरी उक्त परिमाणमा असुलउपर गर्नुपर्ने मागदाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७