एन्फा पदाधिकारीलाई प्रधानमन्त्रीको बधाई


१५ असार २०७९, बुधबार
Anfa 4pAVNYNEst

काठमाडौँ । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नव निर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए ।

यही असार ६ गते भएको एन्फाको निर्वाचनमा नेम्वाङ चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित हुने अन्य टोलीमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी छन् । त्यसै गरी सदस्यहरुमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजयनारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टीका लामा, मणिराज विष्ट र मनिष जोशी छन् । महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७