कस्तुरीको विना जस्तो देखिने ७१६ ग्राम धुलोसहित कोरियन नागरिक पक्राउ


१५ असार २०७९, बुधबार
korennagarik1 20220629163333

काठमाडौं । कस्तुरीको विना जस्तो देखिने ७१६ ग्राम धुलोसहित एक कोरियन नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार कोरियन एयरको उडानबाट कोरिया उड्न लागेका जङ जुन जनलाई प्रहरीले पक्राउ गरेको हो ।

जुत्तामा लुकाएर लैजान लागेको अवस्थामा खानतलासी गर्दा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।

‘ह्याण्ड व्यागेज चेकिङ एरियामा खानतलासी गर्दा निजले लगाएको निलो रंगको म्याक्स १५ लेखिएको जुत्तालाई एक्सरे गर्दा दुवै जुत्ताभित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विनाजस्तो देखिने धुलोसहितको पोका देखिएको र निकाल्दा अन्दाजी तौल ७१६ ग्राम धुलो भेटिएको हो,’ बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ । ढकालका अनुसार पक्राउ परेका जुनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७