महिलालाई प्रेमजालमा पारी गहना लुटेर फरार रहेका व्यक्ति पक्राउ


१५ असार २०७९, बुधबार

रौतहट । एक महिलालाई प्रेमजालमा पारी नगद र विभिन्न सुनका गहना लुटेर फरार भएको आरोपमा बारा प्रसौनी गाउँपालिका-४ खुटवा प्रसौनी बस्ने ३६ वर्षीय महमद रफिक रायभाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रौतहट चन्द्रपुर नगरपालिका-४ स्थित चपुर पराठा एण्ड गेष्ट हाउसमा एक महिलालाई लगी महिलाकै नाममा कोठा बुक गरी राखेर बेहोस बनाई महिलाका सुनका विभिन्न गहना र नगद १० हजार रुपैयाँ समेत गरी २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल लुटी फरार भएको घटना अनुसन्धान गर्ने क्रममा रायभाटको संलग्नता पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रायभाट महिलाहरुलाई फोन तथा सामाजिक सञ्जालको माध्यमबाट प्रेमजालमा पारी घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई होटेलमा लगी पीडितकै नामबाट होटेलको कोठा बुक गर्न लगाई पेय पदार्थमा लठीने नशालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहनालगायत रकम समेत लुट्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७