‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’


१५ असार २०७९, बुधबार
putin

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु नगर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

‘यदि पुटिन एउटी महिला भएको भए, उनी स्पष्ट रूपमा होइनन्, तर यदि उनी भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए’, जोनसनले मंगलबार साँझ जर्मनीमा भनेका छन् ।

युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्छ’, उनले थपे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७