यस्ता छन् मन्त्रीपरिषद्का निर्णय (सूचीसहित)


१५ असार २०७९, बुधबार

काठमाडौँ । सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निणर्य गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले सरकारले दिने विभुषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोट हेरफेर गर्न स्वीकृत दिएको छ । त्यस्तै, शशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को उपर लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले मध्यभोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशासरण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निणर्य गरेको छ । त्यस्तै, भेडेटार स्काई वाक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निणर्य गरेको छ । सरकारले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा धनुषाका शितल साहु पुर्वेलाई नियुक्त गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने ।
वीरगञ्ज-सिमरा-पोखरीया प्रशारण लाइनको टावर तथा सबस्टेसनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
उपत्यका भित्रका प्रशारण लाइन तथा सब स्टेशनहरुमा संरचनात्मक सुधार, स्तरोन्नती तथा बिस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाइ बनावट हेरफेर गर्न स्वीकृत दिने ।
थलठसशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदाउपर लोकसेवा आयोगको परामर्श लिने ।

मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने ।

कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने ।
भेडेटार स्काइ वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
रमहाकाली पुल आयोजना क्षेत्रमा रहेका रुखहरू हटाउने ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहू पूर्वे, धनुषालाई नियुक्त गर्ने ।
निजामति सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने ।
श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७