आगामी तीन दिन भारी बर्षा हुने, उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह


१५ असार २०७९, बुधबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन् ।

उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए । उनले विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गरे ।

उनले तराईका लगभग सबै खोलाहरुमा बाढी आउने पूर्वानुमान गरिएको जनाएका छन् । तराईको लगभग सबै खोलाहरु र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको उनले बताएका छन् । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने जनाइएको छ ।

उनले भने, ‘मनसुन शुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटिसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरुमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ । हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको। हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर पुर्‍याइ दिइसकेका छौं । यो तीन दिन देशभर भारी वर्षा हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७