भक्तपुरमा पर्खाल भत्किँदा, हिंडिरहेकी वृद्धाको पुरिएर मृत्यु

भक्तपुर । भक्तपुरमा घरको पर्खाल भत्किएर पुर्दा एक जनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका-१० चित्तपोलमा कान्छा श्रेष्ठको आँगनमा लगाइएको १२ फिट अग्लो कच्ची पर्खाल भत्किँदा बाटोमा हिंडिरहेकी ६६ वर्षीया नारायणदेवी थापाको ज्यान गएको हो ।


पर्खाल भत्कने बेला पर्खालमुनि हिंडिरहेकी थापा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । लगातारको वर्षाका कारण माटो जमिन कमजोर भएर पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।