२०७९ असार १६ गते बिहीबारको तपाईको राशिफल

असार शुक्ल प्रतिपदा पञ्चाङ्गः ध्रुव बव पुनर्वसु


१६ असार २०७९, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बिहानै कुनै कुराले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफ्नो श्रमको उचित मल्याङ्कन र कदर हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ने छ । कार्यमा सफलता पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । मित्र वर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज खानपिन र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ, तर परिवारमा रमाइलो जमघट हुने र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सानातिना समस्यामा अल्झनु पर्नेछ । पाचन प्रणालीमा समस्या देखिन सक्छ र वैदेशिक काम अधुरै रहन सक्छ, तर शेयर बजारले साथ दिनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७