लुकाकु इन्टरमा अनुबन्धित


१६ असार २०७९, बिहीबार
Romelu Lukaku

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् ।

लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा चेल्सीमा पुनः अनुबन्धित भएका थिए । लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए । यस्तै २६ प्रिमियर लिगमा उनले ८ गोल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७