गोर्खा सैनिकहरुको लागि गोर्खाज फाइनान्सले ल्यायो नयाँ निक्षेप योजना


१६ असार २०७९, बिहीबार
Melina Rai

काठमाडौं : गोर्खाज फाइनान्स लिमिटेडले गोर्खा सैनिकहरुलाई केन्द्रीत गरेर नयाँ निक्षेप योजना ल्याएको छ । ९ प्रतिशत वार्षिक व्याजदर लगायतका विशेष सुविधाहरु सहितको ‘विशेष गोर्खाज बचत खाता’ नाम दिएर नयाँ योजना ल्याएको हो ।

गोर्खाज फाइनान्स लिमिटेडले राजधानीमा कार्यक्रम गरेर आकर्षक निक्षेप योजनाहरु सार्वजनिक गरेको हो ।

यो योजना अनुरुप गोर्खाज फाइनान्स लिमिटेडमा ‘विशेष गोर्खाज बचत खाता’ खोल्दा दीर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुका साथै निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम, निःशुल्क डिम्याटलगायतका सुविधा पाइनेछ।

यसैगरी ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था, निःशुल्क लकर, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, निःशुल्क डेबिट कार्ड, निःशुल्क डिम्याट सेवा, निःशुल्क चेकबुक, चेक क्लियरिङ तथा स्टेट्मेन्ट सी– आस्वा, आइपीस भुक्तानी सेवा लगायतका सुविधाहरु उपलब्ध हुनेछ ।

यस्तै फाइनान्सले एकको दुई र एकको तीन आकर्षक मुद्दति निक्षेप योजनासमेत सार्वजनिक गरेको छ। वित्तीय संस्थामा बचत गरेको निक्षेप ५ वर्ष ९ महिनामा दोब्बर र ९ वर्षमा तेब्बर हुने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले दिए।

फाइनान्सको हाल २६ शाखा र १ एक्सटेन्सन काउन्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७