सुतिरहेका बेला धन्सार भत्किँदा स्याङजामा एक बालिकाको मृत्यु


१६ असार २०७९, बिहीबार
death

स्याङजा । अविरल वर्षाको कारण धन्सार भत्किँदा स्याङ्जामा एक बालिकाको ज्यान गएकोे छ । गल्याङ नगरपालिका-१० डुबिनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्किँदा उनकी छोरी १२ वर्षीया रेखा भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जानकारी दिए ।

रेखा सुतिरहेका बेला धन्सार भत्किएको र उनलाई पुरेको प्रहरीले जनाएको छ । बिहान साढे ६ बजे धन्सार भत्किँदा घाइते भएकी भट्टराईको उपचारका लागि गल्याङ लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा रेखाका दाई १६ वर्षीय लक्षमण भट्टराई घाइते भएका छन् । गोठ भत्किँदा एउटा लैनोभैँसी र २ वटा बाख्राका पाठा पुरिएका पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७