उपेन्द्र-बाबुराम विवादकाबीच जसपाले बोलायो केन्द्रीय समिति बैठक


१६ असार २०७९, बिहीबार
jasapa 1

काठमाडौँ । दुई अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष अलग-अलग बाटो लिनेसम्मको अवस्थामा विवाद चर्किरहेका बेला जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

जसपाले आउँदो असार २७ र २८ गते पर्साको वीरगञ्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकका एजेण्डा भने तय भइनसकेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले दिएका छन् । जसपा यादव र भट्टराईबीच एकले अर्कालाई अल्पमतमा पार्ने होड चलिरहेको छ । अहिले अल्पमतमा परेपछि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी नै छाड्ने योजना बनाइरहेका बेला वैठक डाकिएको हो ।

भट्टराईलाई साथ दिएका निणर्ायक नेताहरुले साथ छोडेर यादवतिर खुलेका छन् । वरिष्ठ नेता अशोक राई, संघीय सांसद मोहम्मद इस्तियाक राई, प्रदीप यादव लगायत नेताहरुले डा. भट्टराईको साथ छोडेपछि उनी पार्टीमा अल्पमत परेका छन् ।

मोहम्मद र प्रदीप बुधबारदेखि अध्यक्ष उपेन्द्र यादव पक्षमा खुलेका छन् । वरिष्ठ नेता राईले पनि उपेन्द्रकै पक्षमा लाग्ने संकेत दिएपछि भट्टराई अप्ठ्यारोमा परेका छन् । यस्तोमा उनले अब जसपाबाट बिदा लिने निष्कर्ष निकालेका छन् । पार्टी विभाजनका लागि समेत संख्या नपुग्ने अवस्था भएपछि भट्टराईलाई समस्या भएको छ ।

jasapa zxxT3d3dLx

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७