राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक


१६ असार २०७९, बिहीबार
thuli

काठमाडौँ । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढामगरको रहेको छ भने संगीत सरोज लामाको छ ।

‘नाकैमा ठूली, शीरैमा सुनको शीरबन्दी’, ‘म पनि केमा कम छु र ? भनन, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अङ्गालोमा बेरन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन् । अर्जुन तिवारीले छायाङ्कन गरेको सो भिडियोमा शान थापाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७