‘पछ्यौरी’ मा बोल्ड इन्दिरा


१७ असार २०७९, शुक्रबार
indra joshi Gh95h441w4

काठमाडौँ । भर्सटायल गायिका इन्दिरा जोशीले १२ बर्षपछि ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा इन्दिराकै शब्द, संगीत र स्वर छ । भर्खरै बिहे गरेकी जोशी रातो सारी र सिउँदो सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित भएकी थिइन् ।

उनले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् । यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छन् । गीतको म्युजिक र डान्सका केही स्टेपले चर्चा पाउने देखिन्छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाइँको छायांकन, प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।

गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भए पनि दर्शकको चाहनाअनुसारको काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । भिडियोमा इन्दिरा बोल्ड, ब्यूटिफूल र आकर्षक देखिएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७