थप २२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र


१७ असार २०७९, शुक्रबार
bisista1656633980

काठमाडौँ । थप २२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको छ । चलचित्र विकास बोर्डले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको हो । यसअघि ४० जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । जसमध्ये चार जनाको निधन भइसकेको छ ।

दोस्रो चरणमा परिचयपत्र प्राप्त गर्नेमा भुवन केसी, राजाराम पौडेल, चैत्यदेवी सिंह, सन्तोष पन्त, उज्जवल घिमिरे, डाक्टर भोलाप्रसाद रिजाल छन् । यसैगरी किरण केसी, पवन मैनाली, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, धिरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिष शाह, हिमाल केसीलगायत छन् ।

यसअघि बोर्डले राजेश हमाल, करिष्मा मानन्धर, नीर शाह, हरिप्रसाद रिमाल, यादव खरेल, भुवन चन्द, बसुन्धरा भुषाल, राजेन्द्र खड्गी, चेतन कार्की, किरण खरेल, लक्ष्मीनाथ शर्मा, सुभद्रा अधिकारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हरिहर शर्मा, सकुन्तला गुरुङ, उद्धव पौडेल, शम्भुजित बास्कोटालगायतलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको थियो ।

पहिलो चरणमा यो परिचयपत्र बोर्डले ०७३ वैशाख १३ र असार १६ गते वितरण गरेको थियो । यो परिचय प्राप्त गर्ने कलाकारले अब विमानस्थलको भीआईपी रुम प्रयोग गर्न पाउने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७