नेकपा एसको अडान : मुख्यमन्त्री हेरफेर केन्द्रीय गठबन्धनको निर्णयअनुसार मात्र हुन्छ

‘मुख्यमन्त्रीले राजीनामा दिने कुरा छैन, बागमती छाडे अर्को कुन पाउने ?’


१८ असार २०७९, शनिबार
Samajbadi sachibalaya
फाइल फोटो

काठमाडौंँ । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री हेरफेरको निर्णय गठबन्धनको शीर्ष नेतृत्वबाट टुङ्ग्याउनु पर्ने अडान राखेको छ ।

नेकपा एसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको हो ।

आज (शनिबार) प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुने जानकारी दिए । उनले तल हस्ताक्षर गर्ने वा हल्ला गर्ने कुराको कुनै तुक नहुने समेत बताए ।

खनालले भने, ‘तलको हल्लाले केही तुक राख्दैन । तलका कुराको अर्थ छैन । सबै प्रदेशका सरकार केन्द्रीय गठबन्धनबाटै बनेको हुनाले जे गर्छ केन्द्रबाटै गर्छ । अहिले हस्ताक्षर गरेका आधारमा मुख्यमन्त्रीले राजीनामा दिने प्रश्न उठ्दैन । केन्द्रबाट जे निणर्य आउँछ त्यही अनुसार हुन्छ । खनालले अहिले बागमतीमा नेकपा एसले छाड्दा अर्को कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्ने प्रश्न पनि रहेकाले यसबारेमा कुनै छलफल बैठकमा नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७