बढुवा भएका १७ डीआईजीको दर्ज्यानी र पदस्थापन आइतबार


१८ असार २०७९, शनिबार
DIG Nepal Police

काठमाडौं । नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएकालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ । दर्ज्यानीसँगै पदस्थापन पनि आइतबार नै हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार २ बजे दर्ज्यानी चिह्न प्रदान गरिने तय भएको छ ।

गृह मन्त्रालयले गत ८ असारमा प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो । ।

एसएसपी वसन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौंमा श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य छैटौं, सातौंमा यसअघिको बढुवामा पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी छन् ।

बढुवा सिफारिस हुनेहरुमा क्रमशः सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डीआईजीहरुको पदस्थापन पनि आइतबार नै गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७