माधव नेपाल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?


१८ असार २०७९, शनिबार
MadhavNepalandnvaeenSriwastav 20220702191501

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित निवासमा उनीहरुबीच नेपाल-भारत सम्बन्धनका विविध पक्षमा छलफल भएको नेता नेपालले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना दिएको बताए ।

‘नव नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज बेलुकी शिष्टाचार भेटका निम्ति निजी निवास कोटेश्वरमा आउनु भयो । उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत-सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो,’ उनले फेसबुकमा लेखेका छन् ।

राजदूत श्रीवास्तवले शुक्रबारमात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७