पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र अरुणा बने उत्कृष्ट खेलाडी


१९ असार २०७९, आईतवार
pokhara Sports Award Y9URpUAgo1

पोखरा । छैटौं पोखरा स्पोर्ट्स अवार्डमा लङ टेनिसले तीन विधामा अवार्ड प्राप्त गरेको छ । शनिबार प्रदान गरिएको ७ विधामा अवार्ड प्रदान गरिएको हो ।

टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसँगै उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको अवार्ड समेत पाएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको स्पोट्र्स अवार्ड २०७८ सालको खेल प्रदर्शनका आधारमा प्रदान गरिएको थियो । नेपाली राष्ट्रिय महिला सिनियर टोलीकी कप्तान समेत रहेकी अरुणाले इलेक्ट्रोनिक स्कुटरसहित अवार्ड प्राप्त गरेकी हुन् ।

अरुणाले यसअघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत जितेकी थिइन् । उनको नेतृत्वमा नेपालले भलिबलमा दशकौ पछि पहिलो पटक अन्तर्राष्ट्रिय रुपमा स्वणर् हासिल गरेको थियो । नेपालले सेन्ट्रोल जोन भलिबलको उपाधि जितेको थियो । जुन नेपाली भलिबलको इतिहासमा स्वर्णिम क्षण थियो ।

यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडी टेनिसका प्रदीप खड्का नेपालको १ नबर खेलाडी समेत हुन् । उनले १३ औँ सागमा नेपाललाई पहिलो पटक टेनिसमा पदक दिलाएका थिए । यति मात्रै होइन, सानै उमेरमा उनले २०७७/२०७८ सालमा बंगलशादेशमा टेनिसको यू-१९ को राष्ट्रिय प्रशिक्षकसमेत भएका थिए ।

पोखरा स्पोर्ट्स अवार्ड वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ सम्मानित भएको छ। संघलाई नगद ३५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिएको हो । तेक्वान्दो प्रदेशमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमै सबैभन्दा बढी पदक जितेको थियो ।
यस्तै वर्ष उत्कृष्ट उदियमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठ सम्मानित भएका छन।

वर्ष उत्कृष्ट प्रशिक्षक अवार्डबाट पनि टेनिसका निरज थापा सम्मानित भए । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेश भट्टराई सम्मानित भए । सम्मानित हुँदै थापाले नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय क्षेत्रमा फहराउनु जस्तो गर्वको कुरा अरु केही नभएको बताए । उनले खेलकुदमा राज्यको लगानी अति नै न्यून रहेको गुनासो पोखे । वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीपक परियार सम्मानित भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७