शर्मिला बर्देवाले ल्याइन् ‘यो मुटुको धड्कन…’


१९ असार २०७९, आईतवार
sharmila bardewa singer

काठमाडौँ । वरिष्ठ गायिका शर्मिला बर्देवाको ‘यो मुटुको धड्कनले…’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोको कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका हुन् ।

बेलायतका विभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्धय सलिना थापा मगर र सरोज केसीलाई प्रस्तुत गरिएको छ । बेलायत निवासी निर्देशक प्रभुले भिडियोमा प्रेम जोडीको सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरेका छन् ।

एसबी म्युजिक वल्र्डको प्रस्तुति रहेको गीतका निर्माता सरोज परियार हुन् भने कल्याण सिंहको कम्पोज छ । रवि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । गीतको मिक्सिङ प्रदीप जोशीले गरेका हुन् भने दिनेश श्रेष्ठको एरेञ्ज छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७