१५ दिनमै राहदानी जिल्लामै पुग्छ, काठमाडौं नधाउनुस् : राहदानी विभाग

काठमाडौं र काभ्रेमा सात दिनमै ‘पासपोर्ट’ पाइने


१९ असार २०७९, आईतवार
rahadani

काठमाडौं । राहदानी विभागले १५ दिनभित्र सम्बन्धित जिल्लामै राहदानी पुग्ने भएकाले काठमाडौं धाइराख्न नपर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ । विभागले आज (आइतबार) एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाएको जानकारी दिएको छ ।

हाल दैनिकरुपमा विभागमा आवेदन दिनेको संख्या करिब २ हजार चार सय रहेको छ । विभागले हाल दैनिकरुपमा ६५०० राहदानी वितरण गर्दै आएको छ । ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नु हुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ ।’

सूचनामा भनिएको छ, ‘विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४०० जनाले अनलाईनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको छ । सबै सेवाग्राहीहरु विहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनहन पनि अनरोध छ,’विभागले जारी गरेको सूचनामा भनिएको छ ।’

आजै राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा ढिलासुस्ती र अस्तव्यस्त भएको भन्दै सरकारलाई दबाब दिन राहदानी विभाग अगाडि प्रदर्शन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७