नेपालमा पहिलोपल्ट देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’


१९ असार २०७९, आईतवार
korona 1

काठमाडौं । नेपालमा पहिलोपल्ट ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘ओमिक्रोन बीए फाइभ’ देखिएको छ ।
धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।

भारत र अमेरिकामा पछिल्लो समय संक्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ । नेपालमा अहिले बीए ५ कै कारण संक्रमण गराइरहेको भए कोभिड-१९ फेरि समुदायस्तरमा बढ्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् ।

बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७