प्रचण्डको प्रतिवेदन : गठबन्धनमा कांग्रेस इमान्दार भएन, नेकपा एसले धेरै माग्याे (पूर्णपाठ)

‘वाम एकताको विकल्प छैन, गठबन्धन भन्दा-भन्दा चुनाव चिन्ह बिर्सने दिन आइसक्यो’


१९ असार २०७९, आईतवार
prachanda

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको निष्कर्ष निकालेको छ । आज भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ले प्रस्तुत गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको जनाएको छ ।

प्रतिवेदनमा गठबन्धनप्रति कांग्रेस इमानदार नहुँदा चुनावमा धोका भएको र अबका दिनमा यसलाई शिक्षाका रुपमा लिएर अगाडि बढ्ने जनाइएको छ । ‘सरकारमा सहभागी दलहरुबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुनस्तरको समझदारी र आवश्यकताको महसुस थियो, त्यहीस्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन,’ प्रतिवदेनमा भनिएको छ, ‘खासगरी नेपाली कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन ।’

स्थानीय तह चुनावपछि पहिलो पटक आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ ।

त्यसैगरी कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको बताइएको छ ।
‘हामी (माओवादी) र गठबन्धनका दलहरु भएको स्थानमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर (कांग्रेस) भएको स्थान ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा बागी उम्मेदवार खडा गर्ने अघोषित नीति लिएको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्याधिक मत बदर भएको पाइयो । प्रचण्डको प्रतिवदेनमा नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक हैसियतभन्दा बढी सीट दावी गर्दा सीट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजित भएको जनाएको छ ।
‘जनता समाजवादी पार्टी आफ्नो आधारमा बलियो भएको तराई मधेशका स्थानमा गठबन्धनप्रति अनिच्छुक रहेको पाइयो’ प्रतिवेदनमा भनिएको छ ।

‘वाम एकताको विकल्प छैन, गठबन्धन भन्दा-भन्दा चुनाव चिन्ह बिर्सने दिन आइसक्यो’
अध्यक्ष प्रचण्डले वाम गठबन्धन र एकताको विकल्प नभएको पनि बताएका छन् । प्रज्ञा भवन कमलादीमा आइतवारदेखि सुरु केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश समितिबाट रिपोर्टिङ भइसकेपछि बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले वाम ध्रुवीकरण र एकताका लागि आउने क्रम अहिले पनि चलिरहेको बताएका छन् । तत्कालीन नेकपा अहिले तीनवटा ध्रुवमा पुगेको बताउँदै उनले त्यसबाट निस्किएर आफूहरु आठौं राष्ट्रिय महाधिवेशनदेखि यहाँसम्म आइपुगेको पनि बताए ।

‘सदस्य नवीकरण हुँदै राष्ट्रिय महाधिवेशनसम्म पुग्यौं’, प्रदेश समिति अध्यक्षहरूका प्रश्नको जवाफका क्रममा उनले भने, ’केन्द्रीय समितिले निचोड राख्दै गर्दा विधानको व्यवस्थाअनुसार अघि बढ्न भनिएको छ ।’ उनले अहिले पनि एकता र ध्रुवीकरणको प्रक्रियामा आउनेहरुको लागि पार्टीले अभियान चलाइरहेको पनि बताए । अध्यक्ष प्रचण्डले गठबन्धन भन्दा भन्दै आफ्नै चुनाव चिन्ह बिर्सने दिन आइसकेको समेत बताए ।
प्रतिवेदनको पूर्णपाठ

1 2
2 2
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७