पहिलो चरणमा मंगलबार २८१ नेपाली विद्यार्थी चीन जाँदै


१९ असार २०७९, आईतवार
wuhan china iStock

काठमाडौं । कोभिड-१९ का कारण नेपालमै अलपत्र परेका विद्यार्थीहरू आगामी मंगलबार चीन जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले कोभिड-१९ को महामारीका बेला नेपाल फर्कन बाध्य भएका र कोभिडपछि फर्कन नपाएका विद्यार्थीका लागि चीन फिर्ता पठाउन लम्बिङ गर्दै आएको थियो ।

अन्ततः कूटनीतिक पहलबाट नेपाली विद्यार्थीलाई चीनमा पठाउन लागिएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । मन्त्रालयले ८५० विद्यार्थी सूचीकृत गरेकोमा मंगलबार पहिलो चरणमा २८१ विद्यार्थी चीन पठाउन लागेको हो । बाँकी विद्यार्थीलाई अर्को चरणमा पठाइने मन्त्रालयले जनाएको छ ।

चीनमा एमबीबीएस पढिरहेका विद्यार्थी कोरोना महामारीका कारण नेपाल फर्कन बाध्य भएका थिए । त्यसपछि पढाइलाई निरन्तरता दिन चीन जान नपाउँदा पटक-पटक उनीहरूले आन्दोलन गरेका थिए । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा यस विषयमा पटक-पटक छलफल समेत भएको थियो । समितिले उनीहरूलाई चीन पठाउन पहल गर्न शिक्षा मन्त्रालयलाई निर्देशन नै दिनुपरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७