चुनावी अन्तरघात छानविन गर्न एमालेले बनायो समिति, विष्णु पौडेल संयोजक


१९ असार २०७९, आईतवार
amale 1

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल रण्नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा अनुशासनहीनता र अराजकताले पार्टी हारेको निष्कर्ष निकालेको छ । आज (आइतबार) बसेको सचिवालय बैठकले अन्तरघातका कारण परिणाम अनुकूल नआएको निष्कर्ष निकालेको हो ।

बैठकले अन्तरघात छानविन गरेर दोषी देखिएकालाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

‘आन्तरिक समस्याहरू थिए, पार्टीभित्र जुन खालका अराजकता र अनुशासनहीनता देखिए त्यसले परिणामलाई हाम्रो अनुकूल हुन दिएन’, निणर्य सुनाउँदै गुरुङले भने, ‘आगामी दिनमा यो अनुशासनहीनता र अराजकताको अन्त्य गरेर चुस्त दुरुस्त निर्वाचनमा जाने निणर्य गरेको छ ।’

उनकाअनुसार समितिले छानबिन गरेर कारबाही गर्ने छ । ‘चुनावमा अन्तरघात गर्नेहरूउपर उजुरीहरू परेका छन् । ती उजुरी छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा छानबिन र कारबाही समिति गठन भएको छ’, गुरुङले भने, ‘यो समितिले प्रतिवेदन तयार पार्नेछ र आफै कारबाही गर्न सक्ने छ ।’ समितिमा केन्द्रीय निर्वाचन विभाग र संगठन विभागका प्रमुखहरू रहने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७