२०७९ असार २० गते सोमबारको तपाईको राशिफल

असार शुक्ल पञ्चमी पञ्चाङ्गः सिद्धि बव मघा


२० असार २०७९, सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अरूलाई प्रभावित पारेर काम बन्ने छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा पनि सुधार आउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
न्यायिक कार्यमा सफलता मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ कार्यमा सरिक भइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटघाटको बनेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सेवा गर्ने अवसर मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । प्रेममा सफलता मिल्ला । कुनै कुराले मनमा प्रसन्नता र शान्ति छाउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृक सम्पत्तिमा विवाद बढ्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धर्म, कर्ममा रुचि बढ्ने छ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । स्वेच्छिक भोजन पनि मिल्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाइनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउने छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७