युक्रेनी शहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी


२० असार २०७९, सोमबार
332350 01 02
फाइल फोटो

किभ । युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् ।

रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण स्थापित गरेको जानकारी दिएका उक्त मन्त्रालयले जनाएको छ ।

रूसले सार्वभौमसत्ताको रूपमा मान्यता दिएको युक्रेनका दुई पृथकतावादी क्षेत्रहरूमध्ये एउटा लिसिचान्स्कलाई नियन्त्रणमा लिनु भनेको ‘लुहान्स्क जनगणतन्त्रको मुक्ति हो’ रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यसअघि लुहान्स्कका गभर्नरले आफ्नो प्रान्तमा प्रतिरोधको अन्तिम किल्ला लिसिचान्स्क कब्जा गर्न रूसी सेनाले आफ्नो स्थिति बलियो बनाएको र बुझ्न नसकिने रणनीतिका साथ शहरमा आक्रमण गरेका बताएका थिए । युक्रेनी अधिकारीहरूले लिसिचान्स्कको पछिल्लो अवस्थाबारे जानकारी दिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७