बजेट बनाउँदा राष्ट्रघात भयो, संसदीय छानबिन समिति बनाऊ : ओली


२० असार २०७९, सोमबार
kp oli

काठमाडौँ- एमालेका अध्यक्ष तथा प्रतिनिधिसभामा मुख्य विपक्षी दलका नेता केपी शर्मा ओलीले यसपटक बजेट बनाउने क्रममा सरकारले राष्ट्रमाथि घात गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै ओलीले बजेट बनाउने कुरा अत्यन्तै संवेदशिल भएपनि बाहिरका मानिस लगेर उनीहरुको स्वार्थ अनुसार करका दरहरु परिमार्जन गरिएको भन्दै यो राष्ट्रघात भएको बताए ।

‘यस्तो राष्ट्रघात त संसारमै कतै भएको छैन होला, करको दर हेरफेर गर्ने बेलामा अर्थ सचिव तथा बजेट निर्माणमा सहभागि कर्मचारीहरु मन्त्रालयमै सुत्ने बस्ने र खाने ब्यवस्था गरिएको हुन्छ’, ओलीले भने, ‘यसपटक त निश्चित ब्यक्तिलाई मन्त्रालयमै लगेर तिमीहरूस्लाई कति कति कर चाहिन्छ भनेर दर हेरफेरि गरियो, यो सरकारको बजेटै भएन, ब्यापारीको बजेट भयो ।’

केही ब्यापारिक घराना विशेषका लागि बजेट बनाइएको र उनीहरुलाई मात्र फाइदा हुने गरि राखिएको भन्दै ओलीले आपत्ति जनाए । बजेट बनाउँदा अर्थ मन्त्रालयको जनशक्तिको भर नपरिएको भन्दै ब्यापारिक घरानाका मानिसलाई लगिनु आपत्तिजनक भएको बताए । यो आर्थिक अनुशासन हिनताको पराकाष्ठा भएको भन्दै ओलीले यसले देशको अर्थतन्त्र नै डामाडोल हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७