हिजो टाउकाको मूल्य तोक्ने र टाउकोमा बम हान्नेहरूले साँठगाठ गरेर देश बर्बाद पारे : ओली


२० असार २०७९, सोमबार
kp oli 1
फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको आज (सोमबार) को वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

प्रतिनिधिसभाको वैठकमा बोल्दै उनले वर्तमान सरकार शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन जिम्मेवार नभएको आरोप लगाए । अध्यक्ष ओलीले यो सरकार शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुग्याउन संवेदनशील नभएको बताएका छन् ।

ओलीले भने, ‘हिजो टाउकाको मूल्य तोक्ने र टाउकामा बम हान्नेहरु साँठगाठ गरेर देश बर्बाद पार्ने । योद्धाहरु बर्बाद पार्ने, घाइतेहरु बर्बाद पार्ने । कसैको वास्ता नहुने । यसको व्यवस्थापन गर्न नपर्ने । नेपालीमा एउटा उखान छ काले काले मिलेर खाउ भाले ।’

उनले संक्रमणकालीन न्यायको काम अगाडि बढाउन किन नखोजेको भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ओलीले भने, ‘खोइ द्वन्द्व व्यवस्थापन ? खोइ संक्रमणकालीन न्यायको स्थापना ? हामी प्रतिपक्षीबाट भनिरहेका छौं । संक्रमणकालीन न्यायको काम अगाडि बढाउन किन नखोजेको ? हामी सहयोग गर्न तयार छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७