२१४८ अंकमा पुगेको नेप्से अन्त्यमा ओर्लियो, चार अर्ब बढीको कारोबार


२० असार २०७९, सोमबार
share market गिरावट

काठमाडौँ । शेयर बजार आज (सोमबारं दिनभर तल-माथि हुँदै अन्त्यमा घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७५ अङ्कले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा ओर्लिएको छ ।

दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अङ्कले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । तर पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अङ्कसम्म घटेको थियो । तर बन्द हुने बेलामा भने झण्डै १० अङ्कले ओरालो लाग्यो ।

नेप्से घटे पनि कारोबार रकममा भने निकै सुधार भएको छ । दुई सय ३४ वटा कम्पनीका एक करोड नौ लाख कित्ता शेयर चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँमा कारोबार भए ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १७ करोड ५८ लाख र हिमालयन डिष्टिलरीको १६ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनियन र ग्रिन लाइफ हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घट्दा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७