पहिरोले खोटाङका नौ घरमा क्षति, २३ घर उच्च जोखिममा


२० असार २०७९, सोमबार
pahiro khotang scaled
c:yfoL 6x/df klx/f] lj:yflkt kl/jf/ vf]6fª, @) c;f/ M j8f sfof{no / 6f]n ljsf; ;ldltn] agfO lbPsf] c:yfoL 6x/fdf a;]sf lbQm]n ?kfsf]6 dem’jfu9L gu/kflnsf–!@ hfnkfsf klx/f] lj:yflkt kl/jf/ . bz :yfgLo tx /x]sf] lhNnfdf xfn;Dd klx/f]sf sf/0f gf}F 3/ lj:yflkt ePsf 5g eg], @# 3/ pRr hf]lvddf k/]sf 5g . tl:a/ M s]bf/ du/÷/f;;

खोटाङ । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरोले खोटाङमा नौवटा घरमा क्षति पुगेको छ । अन्य २३ घर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । दिक्तेल-रूपाकोट-मझुवागढी नगरपालिकाका-६, केपिलासगढी गाउँपालिकाका दुई र रावाबेँसी गाउँपालिकाका एक घर गरी नौ घरमा पहिरोको क्षति पुगेको हो ।

पहिरोले घरमा क्षति पुर्‍याएपछि दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका- १२ जालपाका जितबहादुर राई, भीमबहादुर राई, कणर्बहादुर राई, रामिरा राई, शारदा राई र धनकुमार विश्वकर्माको परिवार विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पहिरोले गाउँ नै चिरा-चिरा परेपछि ६ घरपरिवार विस्थापित हुन पुगेका छन् ।

अत्यधिक वर्षाका कारण जमिन चिरा परेपछि स्थानीय साउधन राई, पुरीमाया राई, पर्शुराम राई, बलराम राई र युवराज श्रेष्ठको घर उच्च जोखिममा रहेको बताइएको छ । जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको वडाध्यक्ष दानबहादुर राईले बताए । उनका अनुसार पहिरोले बगाउने जोखिम भएपछि केहीलाई सुरक्षित स्थानमा सार्ने तयारी पनि भइरहेको छ । उनीहरूलाई हुर्लुङ-जालपा-फेदी सडकछेउको खेतमा प्लाष्टिकको टनेल टाँगेर बसोवासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईको भनाइ छ ।

वडा कार्यालय र टोल विकास संस्था साबालुङको पहलमा विस्थापितलाई अस्थायी बसोवासको व्यवस्था मिलाइएको हो । मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनले भने, ‘विस्थापित परिवारको उद्धार तथा राहत वितरणका लागि पहल भइरहेको छ ।’

यता रावाबेँसी गाउँपालिका- ६ हौँचुरका भैरवबहादुर राईको परिवार पनि पहिरोका कारण विस्थापित भएको छ । विस्थापित परिवारलाई स्थानीय बणर्बहादुर राईको घरमा सारिएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए । उनका अनुसार पहिरोका कारण स्थानीय हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वणर्बहादुर राई, केसन राई र प्रदीप राईलगायतको परिवार उच्च जोखिममा परेको छ । त्यसमध्ये चित्रबहादुर र शुक्रराजको घरमुनिबाट सुरु भएको पहिरोले लाखौँको अन्नबालीमा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

पहिरोका कारण केपिलासगढी गाउँपालिका- १ फेदीमा दुई घर विस्थापित भएका छन् भने आठ घर जोखिममा अवस्थामा रहेको बताइएको छ। स्थानीय नवीन राई र बडमणि राईको परिवार पहिरोका कारण विस्थापित भएको केपिलासगढी गाउँपालिका- १ का वडाध्यक्ष नीरकुमार राईले बताए। उनका अनुसार तपसी-दामलुङ ग्रामीण सडकको नयाँ ट्रयाकबाट पहिरो जाँदा दुई घर विस्थापित हुनुका साथै आठ घर उच्च जोखिममा परेको जनाइएको छ ।

पहिरोले घर जोखिममा परेपछि समाक्षमा राई, लाखमणि राई, रत्नमणि राई, मतिराज राई, इन्द्रमणि राई, धनकुमार राईको परिवारलाई तपसीडाँडामा सार्ने तयारी गरिएको छ। वडा १ मै पर्ने फेदीमा गएको पहिरोले तीन गोठ बगाउँदा पशु चौपायासमेत मरेका छन् भने केही घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय खोटाङका सूचना अधिकारी पवित्रप्रकाश साहले बाढी र पहिरोको क्षतिको विवरण संकलन गर्न प्रशासनमा हटलाइन सेवासमेत सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार जिल्ला विपत् व्यवस्थापन समिति खोटाङले जिल्लामा मनसुन सुरु भएसँगै विपतपूर्व तथा प्रतिकार्य योजना बनाएको छ । सनसुनको समयमा जिल्लामा पर्न सक्ने विपत् प्रभावितको खोज, उद्धार तथा राहत वितरणलाई तत्काल सहजीकरण गर्न विपतपूर्व तथा प्रतिकार्य योजना बनाइएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७