आयल निगमको प्रस्ताव : दुईपांग्रेलाई एकपल्टमा ५ र साना गाडीलाई २० लिटर पेट्रोल


२० असार २०७९, सोमबार
Nepal Oil Corporation scaled

काठमाडौँ । नेपाल आयल निगमले तेल वितरण प्रणालीमा कोटा लगाउने गरी सरकारलाई प्रस्ताव गरेको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा दुईपांग्रेलाई बढीमा पाँच लिटर र साना गाडीलाई २० लिटरसम्म तेल वितरण गर्ने गरी प्रस्ताव पठाएको हो ।

त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर-विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ ।

इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७