‘इम्बोस्ड नम्बर प्लेट’ र ‘स्मार्ट लाइसेन्स’ को अध्ययन हुने, दुई कार्यदल गठन


२० असार २०७९, सोमबार
mohamad estiyak

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य र त्यसको सुधारका लागि अध्ययन गर्न कार्यदल बनाउने भएका छन् । उनले सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताएका छन् ।

मन्त्री मोहम्मद इस्तियाक राईले सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ कार्यान्वयनको विषय विरोधाभाष रहेको बताएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन गर्नुअघि त्यससम्बन्धी संयन्त्र तयार पार्नुपर्ने बताए । ‘इम्बोस्डका लागि विभिन्न कामहरूमा विरोधाभाष छँदैछ । त्यसको पनि रिड गर्ने मेकानिजम छैन अहिलेसम्म,’ राईले भने, ‘मेकानिजम तयार नपारी केका लागि किन ल्याइयो ? जबरजस्ती लागू गर्न खोजियो त्यसमा पनि विवाद आइरहेको छ ।’

उनले ईलाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा देखिएको समस्या समाधानका लागि सुझाव दिन मन्त्रालयका सहसचिवको नेतृत्वमा दुई वटा कार्यदल गठन गर्ने पहिलो निर्णय गरिसकेको बताए । मन्त्री राईले दुई वटै कार्यदललाई प्रतिबेदन बुझाउन १५ दिनको म्याद दिएको पनि बताए । ’कार्यदलले दिएको सुझावको आधारमा समस्या समाधान गर्न लाग्छु’ राईले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७