अर्थमन्त्रीको बर्खास्ती माग गर्दै युवा संघको प्रदर्शन


२१ असार २०७९, मंगलवार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले निकट राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गरेको छ । अर्थमन्त्रीको विरोधमा विभिन्न नारा लगाउँदै युवा संघले मंगलबार सिंहदरबार क्षेत्रमा प्रदर्शन गरेको हो ।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको आरोप लाग्दै आएको छ । प्रदर्शनकारीले ‘गठबन्धनको डेटिङमा, बजेट आयो सेटिङमा’, ‘सिसिटिभी फुटेज हाम्रो अधिकार, राजीनामा होइन अब बर्खास्त गर’लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७