प्रधानमन्त्रीको अमेरिका भ्रमण अब सम्भव छैन : प्रचण्ड


२३ असार २०७९, बिहीबार
prachanda2022 07 07 11 56 52

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्भावना अब कम मात्र रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बैठकलाई बिहीबार प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा उनले सैन्य सम्झौता एसपीपीका कारण प्रधानमन्त्रीको अमेरिका भ्रमण अब हुन नसक्ने बताए । ’हिजोको मात्रै कुरा हो । प्रधानमन्त्रीसँग अमेरिका भ्रमणबारे कुरा भएको छ । कोही हुँदैछ, कोही हुँदै छैन भन्दैछन् भनेर मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ’, उनले भने, ‘एसपीपी त सरकारले अगाडि नबढाउने भनेर निणर्य गरिसक्यो । तर एसपीपीको साटो एसपीए आउँदैछ भन्दा उहाँले अब कुनै सम्झौता हुँदैन भन्नु भयो ।’

उनले एसपीपीको साटो अमेरिकाले एसपीए ल्याएकोबारे गठबन्धनविरुद्ध भ्रम फैल्याउने काम भएको समेत बताए । ‘प्रधानमन्त्रीले यसबारे गठबन्धन तोड्न चाहनेले भ्रम फैल्याएको हो भन्नु भयो, कुनै पनि सम्झौता हुँदैन भन्नु भएको छ’, प्रचण्ड भने, ‘अब प्रधानमन्त्रीको अमेरिका भ्रमण पनि निश्चित छैन । भयो भने राष्ट्रसंघको साधारणसभाको बेलामा हुने सम्भावना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७