असार २९ मा बागमती प्रदेशसभाको बैठक


२४ असार २०७९, शुक्रबार
bagmati pradesh

हेटौंडा । बागमती प्रदेशसभाको आउँदो असार २९ गते बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दशौं अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ ।

प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५ औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।
प्रदेशसभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो ।

गत जेठ १३ गतेदेखि सुरु भएको दशौँ अधिवेशन अन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ / १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७