राजेशले अपाङ्गहरुको लागि तताए युएइ


१७ चैत्र २०७४, शनिबार
Rajesh Payal Rai e1516095963941
????????????????????????????????????

दुबइ, १७ चैत्र ।  नेपाली संगीतिक क्षेत्रका सर्वाधिक चर्चित एवम् ब्यास्त गायक राजेश पायल राई अर्थात् ‘राई इज किङ’ले दुबैमा सम्पन्न भएको साङ्गीतिक कार्यक्रममा धमाका मच्चाएका छन् । शुक्रवार सम्पन्न भएको कार्यक्रममा राईले युएइमा भएका नेपालीलाई मनोरञ्जन दिएका छन् ।

Rajesh Payal Rai e1516095963941
गायक राजेश पायल रार्इ

राईले कार्यक्रममा आफ्नो चर्चित आधा दर्जन भन्दा बढी गीत गाएर मनोरञ्जन दिलाएका छन् । उनले कार्यक्रममा नाइँ नभन्नु ल, मैले मायाँले दिएको चिनो, मनको कुरा, दर्शन नमस्ते ३ लगायतका गीतहरू प्रस्तुत गरेर युएइमा रहेका नेपालीलाई भरपुर मनोरञ्जन दिलाएका छन् । राजेश पाण्डेले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा राईसँगै वरिष्ठ गायक जयनन्द लामा पनि उपस्थित थिए । लामाले पनि आफ्ना केही गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा युएइमा रहेका नेपाली कलाकारले पनि प्रस्तुति दिएका थिए ।

uae

आयोजकका सदस्य धर्म राईको अनुसार गायक राईले उक्त कार्यक्रमबाट सङ्कलन भएको रकम भोजपुरमा रहेका अपाङगहरुको शिक्षाका लागि प्रदान गर्ने बताएका छन् । सामाजिक सेवामा पनि सक्रिय रहेका राई अहिले विश्व भ्रमणको क्रममा रहेका छन् ।

शुक्रवार युएइमा पनि सम्पन्न भएको सांगीतक कार्यक्र पनि विश्व भ्रमणकै क्रममा भ्याएका हुन् । गायक राई न्युजिल्याण्ड, अस्ट्रेलिया हुँदै शुक्रवार दुबैको कार्यक्रम भ्याएका हुन् । अब राई एक महिनाको लागि वर्ड टुर विश्रा गर्ने छन् । त्यसपछि मलेसियाबाट सुरु गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७