गण्डकी प्रदेश सभा वैठकमा एमालेको अवरोध


२४ असार २०७९, शुक्रबार
pradesh 4

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर एमालेले बैठकमा अवरोध सिर्जना गरेको हो ।

एमालेले अवरोध गरेपछि प्रदेश सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको हो । असार १ मा सार्वजनिक बजेटमा निर्वाचान पूर्वाधार विकास कार्यक्रम छुटेको तर २० दिनपछि उक्त योजना समावेश भएको भन्दै एमालेले विरोध जनाएको हो । एमालेका सांसद्हरूले २० दिनअघि छुटेको बजेट २० दिनपछि कसरी ल्याइयो भन्दै अवरोध गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७