प्रधानमन्त्री पुत्रलाई पोस्न स्यानेटरी प्याडमा छुट दिइदा ७ अर्बभन्दा बढीको नेपाली लगानी जोखिममा


२४ असार २०७९, शुक्रबार
PM Son

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुग्नेगरी स्यानेटरी प्याड आयातमा भन्सार छुट दिएपछि ६ अर्बभन्दा बढीको नेपाली लगानी जोखिममा परेको छ ।

जयवीरले स्थापना गरेको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङले विभिन्न सामान आयात र बिक्रीवितरण गर्दै आएको छ। यो कम्पनीले अहिले भन्सार छुट सुविधा पाएको स्यानेटरी प्याडको आयात पनि गर्दै आएको बताइएको छ। बजेटमा छुट सुविधाको व्यवस्था गरेपछि यो कम्पनीले अहिले विभिन्न मुलुकबाट ठुलो परिमाणमा प्याड आयात गर्ने तयारी गरेको छ ।

ब्लुप्रिन्ट कम्पनीमा देउवाले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ का हेमन्त बजगाईंलाई ३० लाख रुपैयाँको शेयर बिक्री गरेर व्यवसायिक साझेदार बनाएका छन् ।

PM son business

यो निर्णय लगत्तै देउवा र बजगाईंले छिमेकी मुलुक चीनबाट ४० कन्टेनर अर्थात करिब ८ करोड प्याड आयातको प्रक्रिया अघि बढाएका छन् ।

संख्या अहिलेको मुलुकको कुल मागको ४० प्रतिशतभन्दा बढी हो । जवकी नेपालमा जम्मा खपत ३० करोड हुने गर्छ भने नेपाली उद्योगले मात्र ९० करोड उत्पादन गर्ने क्षमता राख्छन् । प्रधानमन्त्रीका छोरालाई पोस्नेगरी गराइएको यो निर्णयले ७ अर्बभन्दा बढीको नेपाली लगानी र हजारौंको रोजगारी जोखिममा परेको छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा स्यानेटरी प्याड आयातमा लाग्दै आएको भन्सार शुल्कको ९० प्रतिशत छुट दिएका थिए। अर्कातिर प्याड उत्पादन गर्ने स्वदेशी कम्पनीले ल्याउने कच्चा पदार्थको भन्सार उल्टै बढाएका थिए।

आयातमा भन्सार महसुल छुट दिने र आन्तरिक उत्पादनको कच्चा पदार्थ आयातमा महसुल वृद्धि गर्ने नीतिले आयातित व्यापारमा संलग्न व्यवसायीलाई दोहोरो फाइदा पुगेको छ। प्रधानमन्त्री पुत्र जयवीरको कम्पनीले पनि यही नीतिका कारण राम्रो मुनाफा पाउने निश्चित छ।  

बजेटअगाडि विदेशबाट स्यानेटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो। सरकारले ९० प्रतिशत छुट दिएपछि अब भन्सार महसुल १.५ प्रतिशत मात्र लाग्नेछ। बजेटले प्याड आयातमा भन्सार महसुल घटाएपछि उद्योग धराशयी हुने भन्दै प्याड उद्योगीले प्रधानमन्त्री देउवासहित गठबन्धन दलका सबै उच्च नेतालाई भेटेर नीति सच्याउन माग गरेका थिए। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७