ललितपुरमा नाङ्गिएको वन र बस्ती (फोटो फिचर)


२५ असार २०७९, शनिबार
basti

काठमाडौं । प्रकृतिमाथि जति आक्रमण गर्‍यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । मानव समुदायले जति प्रकृतिको दोहन गर्छ, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरू बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ । प्राकृतिक स्रोतमाथिको दोहनले प्रकृति त कुरुप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरूको पनि अस्तित्व सकिन्छ ।

basti 1
टिकाभैरवको खानी ।

मानिसले आफ्नो शारीरिक लाज छोप्न कपडा त लगाएका छन् तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नङ्गाइरहेका छन् । प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन् । चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ ।

basti 2
टिकाभैरवको खानीमाथि रहेको सानोभैसे बस्ती ।

देशका मुख्य सहरको त कुरै छोडौं गाउँका वन, जंगल पनि उजाड छन् । प्राकृतिक स्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ । प्राकृतिक स्रोतहरू मासिँदै छन् । काठमाडौं उपत्यकाको प्राकृतिक स्रोत झा मासिँदै छ । डाँडाकाँडा र वनजंगलहरूको समेत दोहन भइरहेको छ ।

basti 3
टिकाभैरवमा सञ्चालित क्रसरले उढाएको धुलो र बस्ती ।

ललितपुरको टिकाभैरव, नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको नमूनाका रुपमा लिन सकिन्छ । यहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैं विरक्त देखिन्छन् ।
बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । नीजि जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ ।

basti 4
basti 5
महादेव खोलामा युनाइटेड सिमेन्टले सञ्चालनमा ल्याएको खानी ।

खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ । तर पनि स्थानीय सरकार भने मौन छ । सरकारको मौनताले नै बुझ्न सकिन्छ, कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको छ ?
तस्विरहरु : न्यूज एजेन्सी

basti 8
नल्लु खोला । खानीका कारण धमिलो बनेको पानी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७