पर्यटन प्रवद्र्धनका लागि टानले सुरु गर्यो सरसफाइ अभियान


१७ चैत्र २०७४, शनिबार
tan

काठमाडौं: ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले सरसफाई तथा जनचेतना अभियान ठमेल क्षेत्रबाट सरसफाई गरेर सुरुवात गरेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यस कार्यक्रमको उद्घाटन गरेको हो ।अभियानको सफलताको शुभकामना दिदैं सरकार र मन्त्रालयको तर्फबाट पर्यटन विकास र प्रबद्र्धन गर्न सधैंसँगै रहने कुराको पनि विश्वास दिलाए । सरसफाई तथा जनचेतना अभियानले बाटो, चोक र गल्लिमात्रै सफा नगरी समग्र मूलुकको बिसङ्गतिलाई हटाउँदै अगाडि बढ्न पनि सबैलाई प्रेरित गर्ने कुरा मन्त्री श्री शक्तिबहादुर बस्नेतले बताए ।

tan 3

साँच्चिकै नेपालको पर्यटन विकाश र प्रबद्र्धन गर्ने हो भने वातावरण जोगाउनुपर्ने र सरसफाई गर्नुपर्ने कुरा पहिलो महत्वपुर्ण भएको कारणले गर्दा सरसफाई तथा जनचेतना अभियान शनिवारबाट टानले सुरुवात गरेको टानका अध्यक्ष नवराज दहालले बताए । काठमाण्डौ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्र ठमेल क्षेत्रबाट सरसफाई तथा जनचेतनामुलक अभियानको शुरु गरेको हाे ।  ठमेल मात्रै नभई टानले यस अभियानलाई निरन्तरता दिदैं काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरु लगायत धौलागीरी क्षेत्रको पनि सरसफाई तथा जनचेतना कार्यक्रमहरु गर्ने बताए ।

tan 2

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका कार्यकारी निर्देशक दुर्गा दत्त ढलाकले यस कार्यक्रमले नियमित सफाई भन्दा पनि नेपालको पर्यटन विकासको लागि सरसफाई अत्यन्त महत्वपुर्ण आवश्यकता हो भन्ने सन्देश दिन खोजेको कुरा बताए ।

यस अभियानबाट सन्देश दिए अनुरुप आगामी दिनहरुमा ठमेल क्षेत्र लगायत नेपालका पर्यटकीय गन्तव्यहरुको सरसफाई अभियानलाई सफल बनाउन जोड दिए ।

टानका सबै कार्यसमिति सदस्य तथा यस अभियानका संयोजक पि.के. शेर्पाले सबै उपस्थित संघ–संस्थाका प्रतिनिधिहरु र उपस्थित सबैलाई ठमेल क्षेत्रको सरसफाई तथा जनचेतना अभियान सफल बनाएको खुसी प्रकट गरे ।

टानका महासचिव आङ पेम्बा शेर्पाले ठमेल एक मुख्य पर्यटकीय क्षेत्र रहेको कारण यहाँ ट्रेकिङ, ट्राभल, होटेल, रेष्टुरेन्ट व्यवसायहरु प्रसस्त भएको र यहाँ बढेका विकृतीहरुलाई हटाउन हामी सबै मिलेर सरसफाई तथा जनचेतना अभियान अगाडि बढाउनुपर्ने कुरा बताए ।

करिब ७०० भन्दा धेरै जनाको उपस्थितिमा सञ्चयकोष भवन अगाडिबाट सुरु भएको यो अभियान नरसिङ चोक – जे.पी.मार्ग – काठमाण्डौं गेष्ठ हाउस, ज्याठा– थहिटि – काठमाण्डौं गेष्ठ हाउस र अमृत मार्ग – मनाङ् होटल – काठमाण्डौं गेष्ठ हाउससम्म सफा गरी सम्पन्न गरिएको टानका प्रभक्ता गोपाल श्रेष्ठ जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७