अर्थमन्त्री खतिवडाले भने: देशको ढुकुटी ‘रित्तियो’


१८ चैत्र २०७४, आईतवार
NPC Vice Chairman Yubaraj Khatiwada

 

काठमाडौं, चैत १७ आम्दानीभन्दा धेरै खर्च भएर आन्तरिक ऋणका भरमा मुलुक चलिरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले पनि सरकारी ढुकुटी रित्तिएको भन्दै अर्थतन्त्रका जोखिम सार्वजनिक गरेका छन् ।NPC Vice Chairman Yubaraj Khatiwada

दुवै संसद्मा श्वेतपत्र सार्वजनिक गरेलगत्तै शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खतिवडाले ‘समग्र आर्थिक परिसूचकहरू नकारात्मक रहेको र बजेट अनुशासन उल्लंघन गरिएको’ भन्दै चिन्ता व्यक्त गरेको उल्लेख छ ।

‘बजेट अनुशासन उल्लंघन भएकाले सरकारी ढुकुटी लगभग रित्तो छ,’ उनले भने । चालु आर्थिक वर्षमा तोकिएको सीमाको ८० प्रतिशत आन्तरिक ऋण उठाइसकिएको छ । उनले बजेटमा प्रस्ताव गरिएका योजना पूरा गर्न २ खर्ब रकम अपुग हुने बताए । ‘स्रोत नै नभई बजेटको आकार बढाउन मनोगत आधारमा स्रोत देखाइएको छ,’ उनले भने, ‘वैदेशिक सहायता प्राप्त हुन्छ भन्ने अड्कल गरिएका कतिपय आयोजनामा कुनै छलफलसम्म भएको छैन ।’

‘अत्यन्त गोप्य राखिने बजेट निर्माणमा खेलाची हुने गरेको’ तथ्य खतिवडा अर्थमन्त्री भएपछि सार्वजनिक भएको हो ।

समाचारमा गत वर्षको बजेटबाट १ खर्ब २ अर्ब बच्ने भन्दै तत्कालीन बजेट निर्माणमा संलग्न अधिकारीहरूले हचुवाका भरमा कार्यक्रम राखेका थिए, जबकि गत वर्ष ४८ अर्ब घाटा देखिएको पनि उल्लेख छ । त्यतिबेला वैदेशिक सहायता र संस्थानहरूबाट आउन नसक्ने रकमसमेत जोडेर बजेट विनियोजन गरिएकाले खतिवडालाई वित्तीय सन्तुलन कायम राख्न कठिन भएको छ ।

राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था प्रस्तुत गर्दै अर्थमन्त्रीले ‘थोरै भएको पुँजीगत बजेट खर्च हुन नसक्नु र दुरुपयोग बढ्दै जानुले बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको’ मा पनि चिन्ता व्यक्त गरे । ‘जथाभावी बजेट निर्माणमा संलग्न अधिकारीहरू अझै मन्त्रालयमै छन्,’ अर्थका एक अधिकारीले भने, ‘नयाँ तवरबाट जान धेरै सुधार आवश्यक छ ।’ पूर्वअर्थमन्त्री रामशरण महतले पनि सुधार आवश्यक भइसकेको बताए । ‘अझै पनि अर्थतन्त्रको आधार बिग्रिसकेको छैन,’ उनले भने, ‘सुधारको काम व्यवहारमा देखाउनुपर्छ ।’
यो समचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७