एक करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै


प्रकाशित मिति : October 16, 2017

काठमाडौं: काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँको लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्न थालेको छ ।

महानगरपालिको सहयोगमा कामनपा वडा नं २६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो । सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको कामनपा–२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिनुभयो । “चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ”, अध्यक्ष तिवारीले भन्नुभयो । केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रूपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको थियो । रासस

काठमाडौं: काठमाडौं महानगरपालिकाले एक करोड रुपैयाँको लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्न थालेको छ ।


महानगरपालिको सहयोगमा कामनपा वडा नं २६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो ।
सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको कामनपा–२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिनुभयो ।
“चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ”, अध्यक्ष तिवारीले भन्नुभयो । केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रूपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्