नेपालको जनसंख्या दुई करोड ९४ लाख पुग्ने


२७ असार २०७९, सोमबार
vid

काठमाडौँ । विश्वको जनसंख्या आठ अर्ब नजिक पुगेको छ । अहिले भने विश्वको जनसंख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ ।

विश्व जनसंख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (यूएनएफपीए) ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसंख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको हो । सन् १९८७ जुलाई ११ मा विश्वको जनसंख्या करिब पाँच अर्ब थियो । सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको हो । नेपालमा पनि सोही वर्षदेखि मनाइँदै आएको छ ।

यता राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या छ । आगामी कात्तिकभित्र जनगणनाको पूर्ण विवरण आउँदा करिब तीन लाख जनसंख्या थपिएर र नेपालको जनसंख्या दुई करोड ९४ लाख पुग्ने अनुमान गरिएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताए । करिब तीन करोडको हाराहारीमा रहेको नेपालको जनसंख्या समानुपातिक रूपमा स्रोत र साधनको वितरण हुँदा चुनौती नबनेको उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७