प्रदेश-१ को नामकरण पहिचानका आधारमा नभए सशक्त आन्दोलन गर्ने चेतावनी


२७ असार २०७९, सोमबार
adibasi EZ59mDSl2w

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश-१ को नामकरण पहिचानका आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रदेश-१ प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी थालेसँगै नामकरणको विषयले प्रदेश-१ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचान विपरीत प्रदेश-१ को नामकरण भए त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचान विपरीत प्रदेश-१ को नामकरण गर्ने दुष्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाति महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौँ ।’

ऐतिहासिक थातथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भर्त्सना गरेको छ । प्रदेशको नामकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिल समेत गरेको छ ।

press

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७